बालकोटमा देउवा र ओलीबीच भेटवार्ता सुरु, छलफल संसदबाट एमसिसी पारित गर्न केन्द्रित

  फागुन १३, २०७८

काठमाडौँ, फागुन १३ : प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटस्थित ओली निवासमा भेटवार्ता सुरु भएको छ ।

नेपाली कांग्रेस र एमालेका नेताहरुबीच अमेरीकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) का बारेमा छलफल सुरु भएको ओलीको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री देउवा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, नेपाल कांग्रेसका पार्टी उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र एमालेबाट ओलीका साथमा महासचिव शङ्कर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीको सहभागिता रहेको ओलीको सचिवालयले जानकारी दिएको छ ।

आज दिउँसो प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच छुट्टाछुट्टै छलफल गर्नुभएको थियो । एमसिसी संसद्बाट पारित गर्ने तथा संसद्को अवरोध हटाएर निकास दिनेबारेमा छलफल भइरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया