प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता जारी

  फागुन १०, २०७८

काठमाडौं, फागुन १० : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले) अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष ओली प्रधानमन्त्री देउवालाई भेट्न मंगलबार साँझ बालुवाटार पुग्नुभएको हो ।

अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईंका अनुसार अहिले बालुवाटारमा छलफल जारी छ । साँझ साढे ६ बजे ओली बालुवाटार पुग्नु भएको हो । अहिले बालुवाटारमा प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता जारी छ ।

भेटमा अमेरिकी सहयोग परियोजना एमसीसीलगायत समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया