एमसीसी पेश गर्दै संसद्‍ बैठक फागुन १२ गतेसम्म स्थगित

  फागुन ०८, २०७८

काठमाडौं, फागुन ८ : अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदमा पेश भए लगत्तै प्रतिनिधिसभा बैठक फागुन १२ गतेसम्मका लागि स्थगित भएको छ ।

आइतबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रालयको तर्फबाट   सञ्चार  तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले अमेरिकी सहयोग सम्बन्धी सम्झौता अनुमोदनका लागि संसद् बैठकमा पेश गर्नुभएको हो ।

एमसीसी सम्झौता पेश भए लगत्तै सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक स्थगित गर्नुभएको हो । अर्को बैठक फागुन १२ गते बिहीबार दिउँसो १ बजे बस्नेछ ।

तपाईको प्रतिक्रिया