काठमाडौं, फागुन ८ : अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसद् सचिवालयमा दर्ता भएको अढाई वर्षपछि प्रतिनिधिसभा बैठकमा पेश भएको छ ।
आइतबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रालयको तर्फबाट तर्फबाट सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता अनुमोदनका लागि पेश गर्नुभएको हो ।
लामो विवाद र बहसपछि सचिवालयमा दर्ता भएको अढाई वर्षपछि सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बीच भएको अनुदान सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट पेश भएको हो ।
नेकपा (एमाले) अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा तत्कालीन सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले २०७६ असार ३० गते संसद् सचिवालयमा एमसीसी सम्झौता प्रस्ताव दर्ता गर्नुभएको थियो ।
वि.सं. २०७४ सालको भदौ २९ गते वाशिङ्टनमा नेपालको तर्फबाट एमसीसी सम्झौतमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गर्नुभएको थियो ।