अमेरिकाका लागि अफगानिस्तानी राजदूतको राजीनामा

  फागुन ०७, २०७८

काबुल, फागुन ७ : अमेरिकाका लागि अफगानिस्तानकी राजदूत अडेला राजले पद त्याग गर्नु भएको छ ।

अमेरिकास्थित अफगानिस्तानी दूतावासलाई लक्षित गरी केही प्रतिबन्धात्मक व्यवस्थाहरू गरेकाले दूतावासमा रहेर काम गर्ने अवस्था नरहेको उहाँको भनाई छ ।

पछिल्लो छ महिनामा अमेरिकामा खटाइएका अफगानिस्तानका राजदूतहरूले राजीनामा दिएका मध्ये उहाँ तेस्रो राजदूत हुनुहुन्छ ।

वासिङ्टनमा रहेको अफगानिस्तानको दूतावासलाई अमेरिकामा कुनैपनि राजनीतिक तथा कूटनीतिक गतिविधि गर्न नपाउने व्यवस्था अमेरिकाले गरेपछि उहाँले जिम्मेबारी त्याग्नु भएको हो ।

अमेरिकाको विदेश मन्त्रालयले अफगानिस्तानको दूतावासलाई पत्र पठाउदै दूतावासका गतिविधिहरूको विवरण माग गरेको अफगानिस्तानका कार्य बहाक राजदूत अब्दुल हादी निर्जाबीले जानकारी दिनुभयो ।

“अफगानिस्तानको दूतावासलाई अमेरिकी विदेश मन्त्रालयले पठाएको पत्रमा राजदूतलाई घरबाट मात्रै काम गर्न र बाहिर निस्केर राजनीतिक तथा कूटनीतिक गतिविधि नगर्न भनिएको छ,” उहाँले भन्नुभयो ।

पत्रमा दूतावासका अन्य कर्मचारीहरूलाई पनि बाहिर निस्किएर कुनै गतिविधि गर्न निषेध गरिएको दूतावासका अधिकारीहरूले जनाएका छन् ।

अमेरिकी सरकारको व्यवहारले दूतावासको जिम्मेबारी लिएर केही गर्न नसकिने भएकाले आफू त्यहाँ बसिरहनुको कुनै औचित्य नभएको राजदूत राजको भनाई छ ।

तपाईको प्रतिक्रिया