लण्डन, फागुन ६ : गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीले मध्येपूर्वमा रहेका श्रमिक माथि पटक पटक प्रहार भएको बताउनु भएको छ । संघका पूर्वअध्यक्ष शेष घलेको संयोजकत्वमा रहेको महाधिवेशन प्रतिनिधि विवाद मिलाउन गठित समितिले मध्येपूर्वका देशमा ठूलो संख्यामा प्रतिनिधि कटौती गर्ने प्रस्ताव गरे पछि क्षेत्रीले असन्तुष्ट व्यक्त गर्नुभएको हो ।
मध्येपूर्व, अफ्रीका, एशियालाई ठूलो प्रहार भयो र मलाई ६ बर्ष देखि लगातार रुपमा जे कुराको चिन्ता थियो त्यही कोशिस भयो क्षेत्रीले भन्नु भयो ।उहाँले मध्येपूर्व माथि भएको प्रहार डटेर सामना गर्ने बताउनु भयो ।
उहाँले पिएनओ खोल्ने रहर भएकाहरुलाई फुटाएर जान सहज बनाई दिन आग्रह गर्नुभयो । मध्यपूर्व, एसीया र अफ्रीकाका नम्बर देखाएर ७० लाख एनआरएनए भन्दै नेता बन्ने अहिले अपमान गर्ने भनेर क्षेत्रीले प्रतिप्रश्न गर्नुभयो ।
उहाँले कहिले पिएनओको बाहानामा बिभिन्न छिद्र खोजेर प्रहार गरेको आरोप लगाउनु भयो । उहाँले मध्येपूर्वका देशको नाम नलिएर निम्सरा भनेर हेपेको आरोप लगाउनु भयो ।
यसअघि घलेले संघका ६१ देशका करिब ९ सय महाधिवेशन प्रतिनिधि कटौतीको प्रस्ताप गरेपछि विवाद भएको हो । अध्यक्षका प्रत्यासी कुल आचार्य समूहको इशारामा ल्याइएको सो प्रस्तावको विश्वव्यापी रुपमा आलोचना भएको छ ।