एमसिसी संसदबाट पास वा फेल जे पनि हुनसक्छ : प्रधानमन्त्री

  फागुन ०५, २०७८

काठमाडौँ, फागुन ५ : प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसिसी) संसदबाट पास वा फेल जे पनि हुनसक्ने बताउनु भएको छ । आफू भने एमसिसी परियोजनालाई संसदबाट पारित गराउन लागिपरेको उहाँले बताउनुभयो ।

‘एमसिसी पास गराउन लागिराखेको छु । फेल पनि हुनसक्छ, पास पनि हुनसक्छ थाहा छैन,’ नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले लेखेको पुस्तकको आज काठमाडौंमा लोकार्पण गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो ।

उहाँले एमसिसी राष्ट्रको हितमा भएको जिकीरसमेत गर्नुभयो ।

तपाईको प्रतिक्रिया