काठमाडौं, फागुन १ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आइतबार साँझ ६ बजे बस्दैछ ।
देशको पछिल्लो समसामयिक राजनीति र विशेषगरी प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लागेको महाभियोगबारे साँझ बस्ने सचिवालय बैठकमा छलफल हुने एमाले उपाध्यक्ष सुवास नेम्वाङले बताउनुभयो ।
यसैगरी, एमाले संसदीय दलको बैठक भने भोलि सोमबार बस्ने उहाँले बताउनुभयो ।सचिवालयको बैठक कहाँ बस्ने भन्नेबारे निश्चित भइसेको छैन ।






