अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या नाै लाख नाघ्यो

  माघ २२, २०७८

वासिङ्टन, अमेरिको, माघ २२ : जोन्स हप्किन्स विश्वविद्यालयद्वारा संकलित तथ्याङ्क अनुसार नोवेल कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिकामा मृत्यु हुनेको संख्या नाै लाख नाघेको छ ।

शुक्रबार दिउँसो, तथ्याङ्कअनुसार संयुक्त राज्य अमेरिकामा ९,००,३३४ जनाको कोभिड सङ्क्रमणका कारण मृत्यु भएको उल्लेख गरिएको छ । जनवरी २०२० देखि देशभरिमा ७ करोड ६० लाखभन्दा बढी सङ्क्रमणका घटना पुष्टि भएका छन् ।

तपाईको प्रतिक्रिया