‘खतरों के खिलाडी ११’ का विजेता अर्जुनलाई कोरोना संक्रमण

  पुष १७, २०७८

काठमाडौं, पुष १६ : ‘खतरों के खिलाडी ११’ का विजेता अर्जुन बिजलानीलाई कोरोना संक्रमण भएको छ । भारतीय सञ्चारमाध्यमको पछिल्लो अपडेट अनुसार, उहाँ ओमिक्रोन संक्रमित हुनुभएको हो ।

अर्जुनका अनुसार नयाँ भाइरस त्यती घातक छैन । उहाँ भन्नुहुन्छ, ‘किनभने म छिट्टै निको भएँ मलाई लाग्दैन कि आत्तिनु पर्ने कुनै कारण छ’।अर्जुनकी आमालाई पनि कोरोना संक्रमण भएको छ । बिजलानीका आमा ७० वर्षकी हुनुभयो । तर अहिले उहाँहरु ठिक हुनुहुन्छ।

तपाईको प्रतिक्रिया