काठमाडौँ, पुस १७ : नेपाली काङ्ग्रेसको चौधौँ महाधिवेशन समाप्त भएसँगै पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिमा १० जनालाई मनोनयन गर्नुभएको छ । शनिबार सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम १० नेतालाई केन्द्रीय कार्यसमितिमा मनोनित गर्नुभएको हो ।
पार्टी सभापति देउवाले केन्द्रीय कार्यसमितिमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई मनोनयन गर्नु भएको नेपाली काङ्ग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गर्नुभएको जनाइएको छ ।






