काठमाडौं, पुस २ : प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेट भएको छ ।
भेटमा समसामयिक राजनीतिक विषयमा छलफल हुनुका साथै संसदको जारी गतिरोध अन्त्य र सर्वदलीय बैठक डाक्ने विषयमा छलफल भएको प्रचण्डका प्रेस संयोजक सुरेश रेग्मीले बताउनुभयो ।
सर्बदलीय बैठक डाक्ने विषयमा छलफल भए पनि मिति भने टुङ्गो नलागेको उहाँले बताउनुभयो ।