कांग्रेस १४औैँ महाधिवेशन : सभापतिको मतगणना जारी, प्रारम्भमा देउवालाई अग्रता

  मंसिर २८, २०७८

काठमाडौँ, मङ्सिर २८ : कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको चुनावको मतगणना जारी रहेको छ । आज बिहान ४ः२० बजेबाट सुरु भएको मतगणनामा अहिलेसम्म एक हजार मत गनिएको छ । मतगणनाको प्रारम्भिक परिणामअनुसार सभापतिमा शेरबहादुर देउवाले अग्रता बनाउनुभएको छ ।

अहिलेसम्म एक हजार मत गनिसक्दा देउवाले ४७३ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वीका रूपमा सभापतिका अर्का उम्मेदवार शेखर कोइराला आउनुभएको छ । उहाँले ३७६ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी प्रकाशमान सिंहले ९१ मत र विमलेन्द्र निधिले ४९ मत प्राप्त गर्दा कल्याण गुरुङले तीन मत मात्र प्राप्त गर्नुभएको छ । कूल चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मत खसेको निर्वाचन समितिले जनाएको छ । यो मतको सम्पूर्ण परिणाम मतगणना सुरु भएको तीनदेखि चार घण्टासम्ममा आइसक्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया