काठमाडौं, मङ्सिर २६ : नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशन अन्तर्गत प्रदेशतर्फको केन्द्रीय सदस्यमा आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित हुनुभएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार जंगीलाल रायले केन्द्रीय सदस्यबाट उम्मेदवारी फिर्ता लिनु भएपछि ढुंगाना र रिजाल निर्विरोध केन्द्रीय सदस्य बन्नुभएको हो ।
‘प्रदेशमा केन्द्रीय सदस्यमा एक महिलासहित तीन जना हुन्छ । एक जनाले उम्मेदवारी फिर्ता लिनुभयो । अब महिलामा भने चुनाव हुन्छ,’ रिजालले बताउनुभयो ।






