प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज

  मंसिर १७, २०७८

काठमाडौं, मङ्सिर १७ : सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा डिस्चार्ज हुनुभएको छ । बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा उपचाररत प्रधानन्यायाधीश जबरा शुक्रबार बिहान साढे ९ बजे डिस्चार्ज हुनुभएको अस्पतालका सशस्त्र प्रहरी उपरीक्षक डा. प्रविन नेपालले जानकारी दिनुभयो । कोभिड–१९ सङ्क्रमण र निमोनिया भएपछि प्रधानन्यायाधीश जबरा मङ्सिर १३ गते अस्पताल भर्ना हुनुभएको थियो ।

तपाईको प्रतिक्रिया