कालीगण्डकी करिडोरमा सुक्खा पहिरो, सडक अवरुद्ध

  असोज २९, २०७८

तम्घास, असोज २९ : कालीगण्डकी करिडोर सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिकाको वडा नम्वर २ अर्बेनीको राक्से बौदीखोलामा सडक माथिबाट सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

शुक्रबार विहान करिब ९ बजेतिर पहिरो खसेर सडक अवरुद्ध हुँदा त्यस क्षेत्रमा सवारीहरु आवत रोकिएका छन् । दशैँको दिन टीका लगाउन जाने र आउनेहरुबीच बाटोमै रोकिएका छन् । पहिरोले खानेपानेको पाइप पनि बगाएको छ । सडक खुलाउने समय लागे राक्सेवासीलाई खानेपानीको समस्या आउन सक्नेछ ।

यता, कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले सडक खुलाउनका लागि डोजर पठाउने तयारी भइरहेको बताउनुभएको छ । टीकाको दिन भएकाले डोजर अपरेटरहरु पनि नभएकाले समस्या भएको थापाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया