नेकपाका केन्द्रीय सदस्य चन्द्र विक्रम चन्द ‘विरजंग’ को निधन

  असोज २९, २०७८

काठमाडाैं, असाेज २९ : नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चन्द्र विक्रम चन्द ‘विरजंग’ को निधन भएको छ । उहाँ नेकपाका महासचिव नेत्र विक्रम चन्दका सहोदर जेठा दाजु हुनुहुन्छ ।

लामो समयदेखि उच्च रक्तचाप, मधुमेह र फोक्सोको समस्या रहेकाे उहाँ भारतको दिल्लीस्थित म्याक्सिस अस्पतालमा विहान निधन भएको नेकपा श्रोतले जनाएको छ ।केही महिना अघि अदालतको आदेशमा चितवन कारागारबाट रिहा हुनुभएका उहाँकाे कारागारमा पटक–पटक अस्वस्थ भएर अस्पतालमा उपचार गरिएकाे थियाे ।

राेल्पामा जन्मनुभएका उहाँ पछिल्लाे समयदेखि बसाइसराइ गरेर कपिलवस्तु जिल्लाकाे शिवराज गढीमा बस्दै भएकाे थियाे । ६१ वर्षीय उहाँकाे दुई छोरा र एक श्रीमती हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया