कर्णाली नदीमा पहिरो : पानीको सतह पुरानै अवस्थामा, एक किमि लामाे ताल बन्याे

  असोज २७, २०७८

कालीकोट, असोज २६ : गएराती वाजुराको स्वामिकार्तिक गाउँपालिका वडा नं १ को जुड्डीभिरबाट खसेको पहिरोले थुनिएको कर्णाली नदी बिस्तारै पुरानै लयमा फर्किएको छ । दुई घण्टासम्म कर्णाली नदी थुनिएको थियो । स साना खोला र केही समय पछि पहिरो माथिवाट वगेको पानीले कर्णाली नदीमापानीको बहाव सामान्य खोला जस्तै भएको थियो ।

दुई घण्टापछि भने नदी आफ्नो पुरानै लयमा बग्न थालेपछि स्थानीयमा त्रास केही कम भएको छ । अहिले भने नदीले आफ्नो पुरानै सतहमा बग्न थालेको कालीकोट प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यलयले नदी बिस्तारै सतहमा आएकाले ठूलो जोखिम टरेको बताउनुभयो । बाजुराका प्रहरी प्रमुख मदनदीप महाराले सुख्खा पहिरो अहिले पनि झरिरहेको तर जोखिम भने कम हँुदै गएको वताउनुभयो । करिव एक किलोमिटरसम्म कर्णाली थुनिएर ताल बनेको छ । पहिरो माथिवाट कर्णाली वगिरहेकाले जोखिम भने कम हो की भनेर अनुमान गर्न सकिने वताउनुभयो ।

आज बिहान एक्कासि कर्णाली नदी साविकको सतह भन्दा आठ देखि १० मिटर तल झरेको स्थानीयले वताएपछि केही समय अन्यौल भएको थियो । केही समयपछि स्वामिकार्तिक गाउपालिका स्थित रुपादेबी आधारभुत बिद्यालयका शिक्षक दानवहादुर धामीले वडा नं १ को रुडीतलवाट पहिरो झरेका कारणले कर्णाली नदी थुनिएको प्रहरीलाई जानकारी दिनुभयो । कालीकोटको पालाँता गाउँपालिका वडा नं ९ कर्णालीको किनारमा छ । त्यहाँ शिक्षक लंकबहादुर बमले पनि कर्णालीमा पानीको सतह पूरै घटेको सूचना गरेपछि थप सोधखोज हुदा बाजुरामा पहिरो गएका कारणले कर्णाली नदी थुनिएको सुचना सबै तिर फैलिएको थियो ।

शिक्षक बमले नदी एक्कासि सुकेपछि नागरिक त्रसित भएका थिए भने केही नदी किनारमा माछा छोप्न गएका थिए । पलाँताका सब इन्जीनियर सुरेन्द्र खाँण ठकुरीले पनि नदी सुकेको र स्थानीय नदी किनारमा गएर माछा छोप्न थालेकाले जुनसुक्कै वेला अप्रिय घटना हुन सक्ने भन्दै इलाका प्रहरी कार्यालय र्थिपुमा पुगेर प्रहरीलाई समेत खवर गर्नुभएको थियो । उहाँले सुरक्षा निकाय सबैलाई खवर गरिदिन अनुरोध समेत गर्नु भएको थियो । फोन राम्रो नचल्ने पलाँतामा नागरिक एकातिर त्रसित थिए भने अर्को तिर माछा छोप्नमा ब्यस्त पनि भएका थिए । कर्णाली नदी कतै पहिरो आएर थुनिएको हो भने आफै पहिरो छिचलेर वगेमा धेरै मानबीय क्षति हुनसक्ने भन्दै छलफल भएको थियो । तर नदीले बिस्तारै आफ्नो पुरानो सतह लिन थालेपछि त्रास कम भएको थियो ।

हुम्लाको हिल्सावाट बग्ने कर्णाली नदी नेपालको सबै भन्दा लामो नदी पनि हो । जिल्ला प्रहरी कार्यालय कालीकोटका इन्सीपेक्टर महेश शाहीले कर्णाली नदी ५० प्रतिसत सुकेको आफूलाई खवर आएपछि सबै तिर नेपाली सेना सशस्त्र प्रहरी र परिचालन गरेर नागरिकलाई सचेत गराउने काम भएको बताउनुभयो । कालीकोटको रेडियो नयाँ कर्णाली लगायतका स्थानीय एफएम रेडियोहरुले पनि नदी आसपासका नागरिकलाई सचेत रहन र सुरक्षित स्थानमा जान भनिरहेका थिए ।

तपाईको प्रतिक्रिया