काठमाडौं, असोज २० : जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठकले पार्टीबाट मन्त्री छान्ने जिम्मा शीर्ष नेतालाई लिइएको छ ।
बुधबार बिहान पार्टी कार्यालय बालकुमारी कार्यालयमा बसेको जसपा कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी हुने मन्त्री छान्ने जिम्मा शीर्ष तीन नेतालाई दिएको कार्यकारिणी सदस्य रामसहाय यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई मन्त्री छान्ने जिम्मा दिएको छ । यसअघि मंगलबार बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनले मन्त्रालय बाँडफाँडमा सहमति जुटाएको थियो ।