काँग्रेसको १० जिल्लामा अधिवेशन सम्पन्न, तीन जिल्लामा क्रियाशील सदस्यता विवाद कायमै

  असोज २०, २०७८

काठमाडौं, असोज १९ : सत्तारुढ दल नेपाली काँग्रेसको १० जिल्लामा अधिवेशन सम्पन्न भएको छ । काँग्रेस चौधौं केन्द्रीय महाधिवेशनको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार मंगलबारसम्ममा ताप्लेजुङ, संखुवासभा, रामेछाप, दोलखा, गोरखा, मनाङ, मुस्ताङ, कालीकोट, हुम्ला र रुकुमपूर्वमा अधिवेशन सम्पन्न भएको हो ।

काँग्रेस महाधिवेशनको प्रक्रिया अघि बढिसकेको अवस्थामा रुकुम, बारा र रसुवा गरी तीन जिल्लाहरुमा क्रियाशील सदस्यता सम्बन्धी विवाद सहमति हुन नसकेको यादवको भनाई छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिले दशैं अघिसम्म हिमाली जिल्लाहरुमा अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखेको थियो तर सबै जिल्लाहरुमा अधिवेशन अझै सुरु हुन नसकेको यादवको भनाई छ ।

‘डोल्पामा निर्वाचन अधिकृतले राजीनामा दिनुभयोे । म्याग्दीमा निर्वाचन सार्ने सहमति भएको छ । बझाङमा पनि अझै अधिवेशन सुरु भएको छैन त्यहाँ २१ गते अधिवेशन गर्ने व्यवस्था मिलाइएको छ । १३ जिल्लाहरु शून्य अवस्थामा छन् ।’, यादव बताउँनुहुन्छ ।

तपाईको प्रतिक्रिया