मङ्गोलियामा कोभिड-१९ संक्रमित संख्या तीन लाख नाघ्यो

  असोज १३, २०७८

उलान, बाटोर, असोज १३ : मङ्गोलियामा कोभिड १९ सङ्क्रमितको सङ्ख्या तीन लाख नाघेको छ । गत २४ घण्टामा २ हजार ५१५ जना नयाँ कोरोना सङ्क्रमित थपिएपछि कूल सङ्क्रमतिको सङ्ख्या तीन लाख एक हजार ४३४ पुगेको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।

मङ्गलबार यहाँ कोरोना सङ्क्रमणबाट ६० बर्ष भन्दा माथिका १९ बिरामीको मृत्यु भएको थियो । योसँगै मङ्गोलियामा कोरोनाबाट मृत्यु हुनेहरुको सङ्ख्या १ हजार १८५ पुगेको छ । मङ्गोलियामा करिब ३४ लाख अर्थात कुल जनसङ्ख्याको ६५ प्रतिशतलाई पूरा डोज खोप लगाइएको छ ।

यहाँँ कोभिड १९ नयाँ स्वरुपको रुपमा आएको डेल्टा भाइरसको सङ्क्रमण जारी छ । यहाँ दैनिक रुपमा २ हजारभन्दा बढी सङ्क्रमित र करिब २० जनाको मृत्यु हुने गरेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया