प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

  असोज १३, २०७८

काठमाडौं, असोज १३ : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । बुधबार बिहान माओवादी अध्यक्ष दाहाल र प्रधानमन्त्री ओलीबीच बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्री देउवाका स्वीकय सचिव भानु देउवाले जानकारी दिनुभयो । उहाँका अनुसार भेटवार्ता अहिले पनि जारी छ ।

माओवादी पार्टीको स्थायी समिति बैठक बस्नुअघि दाहालले प्रधानमन्त्रीलाई भेट्नुभएको हो । माओवादी केन्द्रको स्थायी समिति बैठक १२ बजेर ३० मिनेटमा पार्टी कार्यालय पेरिसडाँडामा बस्दै छ । गत आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन गठबन्धनका तर्फबाट मन्त्री हुनेहरुको नाम दिन आग्रह गर्नुभएको थियो । यिनै विषयमा छलफल गर्न अध्यक्ष दाहाल प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुग्नुभएको बुझिएको छ । 

तपाईको प्रतिक्रिया