काठमाडौं, असोज ११ : गोरखापत्र संस्थानको रिक्त कार्यकारी अध्यक्ष पदमा गुल्मीका विष्णु सुवेदी नियुक्त हुनुभएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।
पत्रकारिता क्षेत्रमा लामो समयदेखि क्रियाशील सुवेदीले यसअघि अन्नपूर्ण पोस्टको अनलाइन एडिटर तथा नेपाल समय र नेपाल तार न्यूजको एडिटरको जिम्मेवारी पूरा गर्नुभएको छ । उहाँले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा स्नातकाेत्तरसम्म अध्ययन गर्नुभएको छ ।






