काँग्रेस पदाधिकारीको बैठक सिंहदरबारमा जारी

  असोज ०८, २०७८

काठमाडौं, असोज ८ : सिंहदरबारमा नेपाली काँग्रेसको पदाधिकारीको बैठक जारी छ । शुक्रबार बिहान १० बजेबाट सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा बैठक जारी रहेको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकमा पार्टीको १४ औँ महाधिवेशनका सन्दर्भमा छलफल भइरहेको मुख्यसचिव पौडेलले बताउनुभयो । यसअघि बिहीबार बसेको पदाधिकारीको बैठकले असोज १८ गतेभित्र २१ जिल्लाको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया