काँग्रेस महाधिवेशन मंसिरमा हुनेमा अन्यौलता बढ्यो : गगन

  असोज ०७, २०७८

काठमाडौं, असोज ७ : सत्तारुढ दल नेपाली काँग्रेसका नेता गगन थापाले काँग्रेसको चौधौं केन्द्रीय महाधिवेशन आगामी मंसिरसम्ममा सम्पन्न हुनेमा अन्यौलता बढेको बताउनुभयो । 

बिहीबारको प्रतिनिधिसभा बैठक पश्चात् काँग्रेस महाधिवेशनको विषयमा पत्रकारहरुसँग प्रतिक्रिया दिनुहुँदै काँग्रेस नेता थापाले बाँकी रहेका १३ वटा जिल्लाहरुको क्रियाशील सदस्यतासम्बन्धि विवाद तत्काल टुंग्याउने काम नभएकाे कारण यसखाले अन्यौलता बढेको बताउनुभएको हो ।

काँग्रेस महाधिवेशनको सन्दर्भमा विवादित विषयमा पार्टीमा बैठक वा छलफल नभएकोप्रति पनि उहाँले असन्तुष्ट व्यक्त गर्नुभयो । ‘महाधिवेशन मितिको म्याद नाघेपछि त झन् सजिलो भएको छ, जवाफदेहियता विनाको राजनीति पार्टीभित्र भयो’, थापा बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया