काठमाडौंमा साेमबारबाट भेरोसेलको दोस्रो मात्रा खाेप लगाइँदै

  असोज ०२, २०७८

काठमाडौं, असोज १ : काठमाडौं जिल्लामा यही असोज ४ गते (साेमबार)देखि भेरोसेलको दोस्रो मात्रा खोप लगाइँदै छ । शुक्रबार स्वास्थ्य कार्यालयले सूचना जारी गर्दै पहिलो डोज लगाएकाहरुलाई तीन दिनसम्म चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा दिइने जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा भेरोसेलको दोस्रो मात्रा लगाइँदै छ । वडा भित्र तोकिएको ठाउँमा पहिलो खोप लगाएको कार्ड देखाएर दोस्रो मात्रा लगाउन सकिने कार्यालयले जनाएको छ । कीर्तिपुर नगरपालकिामा १० ठाउँमा र चन्द्रागिरि नगरपालिकामा १५ ठाउँमा भेरोसेलको दोस्रो मात्रा लगाइँदैछ ।

तपाईको प्रतिक्रिया