भारतमा ४५ हजार कोरोना सङ्क्रमित थपिए

  भदौ १९, २०७८

काठमाडौं, भदौ १८ : भारतमा गएको चौबीस घण्टामा ४५ हजार ३५२ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमध्ये ३२ हजार ९७ जना केरला राज्यका छन् ।

समाचार संस्था एएनआईका अनुसार गएको चौबीस घण्टामा ३४ हजार ७९१ जना कोरोनामुक्त भएका छन् । भारतमा हाल तीन लाख ९९ हजार ७७८ जना सक्रिय सङ्क्रमित छन् ।

चौबीस घण्टामा ३६६ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । कुल मृतकमध्ये केरलामा मात्रै १८८ जना दत्र्ता गरिएको छ । भारतमा कोरोना सङ्क्रमणबाट हालसम्म चार लाख ३९ हजार ८९५ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया