जापानले अफगानिस्तानस्थित दूतावास कतार लग्ने

  भदौ १६, २०७८

काठमाडौं, भदौ १६ : जापानले अफगानिस्तानस्थित आफ्नो दूतावास कतारमा सार्ने छलफल चलाएको छ । अफगानिस्तानमा तालिबानको पुनरागमनपछि अमेरिकासहित पश्चिमा राष्ट्रले कूटनीतिक नियोग अन्यत्र सार्ने छलफललाई तीव्रता दिन लागेको छ ।

जापानका विदेशमन्त्री तोशिमित्सु मोटेगीले मङ्गलबार अफगानिस्तानबाट हुने दैनिक कार्य सम्पादन हालका लागि टर्कीको इस्तानबुलबाट भइरहेको बताउनुभयो । उहाँले तालिबानको राजनीतिक कार्यालय दोहामा रहेको हुँदा दोहामै कुराकानी गर्न सकिने बताउनुभयो ।

अफगानिस्तानबाट बाहिर निस्किन चाहने जापानी नागरिक, स्थानीय दूतावासका कर्मचारी र अन्यलाई जापानले सहयोग गर्ने विदेशमन्त्री मोटेगीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया