पेरुमा बस दुर्घटना, २९ जनाको मृत्यु

  भदौ १६, २०७८

काठमाडौं, भदौ १६ : मध्य पेरुमा बस दुर्घटना हुँदा कम्तिमा २९ जनाको मृत्यु भएको छ । यात्रु बोकेको बस मङ्गलबार दुर्घटना भएको हो ।

बिहान चार बजे राजधानी लिमा र हुआनुको जोड्ने मध्य राजमार्गबाट ७० किलोमिटर टाढा उक्त दुर्घटना भएको समाचार संस्था सिन्हवाले उल्लेख गरेको छ ।

चालकले बसमाथि नियन्त्रण गुमाएपछि पहाडमा ठोकिएर एक सय मिटर तल रिमेक नदीमा डुब्न पुग्यो । प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताएको छ । घाइतेहरुलाई नजिकको अस्पतालमा उपचारका लागि लगिएको छ ।

तपाईको प्रतिक्रिया