कजाखस्तान विष्फोटमा चार जनाको मृत्यु

  भदौ ११, २०७८

काठमाडौं, भदौ ११ : कजाखस्तानमा भएको श्रृखंलाबद्ध बम विष्फोटमा कम्तिमा चार जनाको मृत्यु भएको छ । कजाखस्तानको दक्षिणी शहर तराजमा उक्त विष्फोट भएको बताइएको छ ।

समाचार संस्था एएनआईका अनुसार कजाखस्तानका रक्षा मन्त्री नूरलान यर्मेक्बाएभले विष्फोटमा कम्तिमा २८ जना घाइते भएका जानकारी दिनुभएको छ ।

बिहीबार साँझ कजाखस्तानको तराजस्थित एक गोदामघरमा श्रृखंलाबद्ध विष्फोट भएको थियो । छ वटा विष्फोटमा कम्तिमा ६६ जना घाइते भएका थिए । घटनाको कारण अझै अनुसन्धानकै क्रममा रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया