प्रदीप नेपाल पनि नेकपा एकीकृत समाजवादी पार्टीकाे पक्षमा

  भदौ ०९, २०७८

काठमाडौं, भदौ ९ : माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सनाखतका लागि प्रदीप नेपाल पनि निर्वाचन आयोग पुग्नुभएको छ ।

प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका सांसद मेटमणि चौधरीले पार्टी सनाखतका लागि नेपाल पनि निर्वाचन आयोग आउनुभएको जानकारी दिनुभयो ।

नयाँ पार्टी दर्ताका लागि निवेदन दिँदा माधवकुमार नेपालले नेपालको नाम केन्द्रीय सदस्यमा राख्नुभएको थियो तर प्रदीप नेपालले आफ्नो नाम केन्द्रीय सदस्यमा राखेको भन्दै आफू तटस्थ भएको बताउनुभएको थियो ।

यद्यपि प्रदीप नेपालले आफू माधवकुमार नेपालको पक्षमा रहेको बताउनुहुँदै बुधबार पार्टी सनाखतका लागि आयोगमा आउनुभएको सांसद चौधरीले जानकारी दिनुभयो । सनाखतका लागि नेपाल समूह चन्द्रागिरीबाट सिधै आयोगमा पुगेका थिए ।

तपाईको प्रतिक्रिया