अफगानिस्तानमा रहेका नेपालीको शीघ्र उद्धार गर्ने मन्त्रिपरिषद्को निर्णय

  साउन ३२, २०७८

काठमाडौं, साउन ३२ : सरकारले अफगानिस्तानमा रहेका नेपाली नागरिकको शीघ्र उद्धार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बिहान बसेको बैठकले अफगानिस्ताामा विकसित घटनाप्रति चासो राख्दै त्यहाँ रहेका नेपाली नगरिकको शीघ्र उद्धार गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले नेपालीको उद्धारको लागि गठन गरेको निकायहरुलाई समन्वायत्मक ढङ्गले काम गर्न बैठकले निर्देशन दिएको बताउनुभयो ।

त्यस्तै भूतपूर्व गोर्खा सैनिकहरुको सम्बोधन हुन बाँकी रहेका समस्या समाधान गर्न माग गर्दै बेलायतको लण्डनमा जारी आमरण अनशनप्रति सरकारको ध्यानाकर्षण भएको समेत उहाँले बताउनुभयो । यस समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको र यससम्बन्धी कूटनैतिक प्रक्रिया अगाडि बढिसकेको प्रवक्ता कार्कीले बताउनुभयो । उहाँले आमरण अनशन फिर्ता लिन भूतपूर्व ब्रिटिस गोर्खासँग सम्बद्ध सबैमा आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया