माओवादी केन्द्रको केन्द्रीय समितिको पूर्ण बैठक जारी

  साउन ३०, २०७८

काठमाडौं, साउन ३० : नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको पूर्ण बैठक शुरु भएको छ । साे पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङले बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक शुरु भएको जानकारी दिनुभयो ।

सचेतक गुरुङका अनुसार आजबाट शुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक एवं सांगठनिक प्रतिवेदन पेश गर्नुभएकाे छ ।

साथै, मुलुकको पछिल्लो राजनीतिक अवस्था, विधान संशोधन र पार्टी संगठनको अवस्थाबारे पनि छलफल हुने उहाँले बताउनुभयो । बैठक शुरु हुनुअघि सबै सदस्यहरुको एन्टिजेन परीक्षण गरिएको थियो ।

तपाईको प्रतिक्रिया