जसपा ठाकुर पक्षको अगुवा कार्यकर्ता भेला काठमाडौंमा शुरु

  साउन ३०, २०७८

काठमाडौं, साउन ३० : जनता समाजवादी पार्टी महन्थ ठाकुर पक्षको अगुवा कार्यकर्ता भेला काठमाडौंमा शुरु भएको छ । बागमती प्रदेश समितिद्वारा आयोजित प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला शनिबार दिउँसो काठमाडौंको कालिकास्थानस्थित अमृत भोग पार्टी प्यालेसमा शुरु भएको ठाकुर पक्षका नेता केशव झाले जानकारी दिनुभयो ।

भेलामा ठाकुरसहित नेता राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिकुरमा झा, लक्ष्मणलाल कर्ण र गणेश योञ्जनलगायत उपस्थित हुनुहुन्छ । जसपा ठाकुर पक्षले यसअघि विभिन्न जिल्लामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको थियो ।

तपाईको प्रतिक्रिया