बङ्गलादेशमा कोरोनाबाट हुने मृत्यु २२ हजार नाघ्यो

  साउन २३, २०७८

काठमाडौं, साउन २३ : बङ्गलादेशमा गएको २४ घण्टामा १२ हजार ६०६ नयाँ सङ्क्रमितको पुष्टि भएको छ । शुक्रबार एकैदिन २४८ सङ्क्रमितले ज्यान गुमाएका छन् । हालसम्म कोरोना सङ्क्रमणले भएको मृतकको संख्या २२ हजार १५० पुगेको छ । कुल सङ्क्रमित १३ लाख ३५ हजार २६० पुगेको छ ।

एएनआईका अनुसार गएको २४ घण्टामा ४८ हजार १५ नमूना परीक्षण गरिएकोमा १२ हजारभन्दा बढीमा सङ्क्रमणको पुष्टि भएको हो । हालसम्म ११ लाख ७२ हजार ४३७ जना कोरोनामुक्त भइसकेका छन् । बङ्गलादेशमा गत् जुलाई २८ मा हालसम्मकै उच्च १६ हजार २३० सङ्क्रमितको पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया