काठमाडौं, साउन १९ : रुसमा गएको चौबीस घण्टामा २२ हजारभन्दा बढी सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा २२ हजार १० जना सङ्क्रमित पहिचान गरिएको रुसको संघीय प्रतिकार्य केन्द्रले जनाएको छ । सोमबार २३ हजारभन्दा बढी सङ्क्रमित थपिएका थिए ।
थपिएका सङ्क्रमितसँगै रुसमा कोरोनाका कुल सङ्क्रमित ६३ लाख ३४ हजार १९५ पुगेको छ । रुसको ८५ क्षेत्रमा गरिएको परीक्षणमा एक हजार ७९९ जनामा लक्षणबिहीन सङ्क्रमण देखिएको छ । राजधानी मस्कोमा सबैभन्दा बढी एक हजार ९५२ सङ्क्रमित थपिएका छन् । अघिल्लो दिन मस्कोमा तीन हजार ३३० जनामा सङ्क्रमणको पुष्टि भएको थियो ।






