संवैधानिक बाध्यता ख्याल गरी महाधिवेशन सम्पन्न गर्ने कोइराला, निधि र सिंहको निष्कर्ष

  साउन १६, २०७८

काठमाडौं, साउन १६ : सत्तारुढ दल नेपाली काँग्रेसको महामन्त्री डा शशांक कोइराला, उपसभापति विमलेन्द्र निधि र प्रकाशमान सिंहबीच ठमेलस्थित चाकसीबारीमा भएको छलफल सम्पन्न भएको छ। बैठकमा काँग्रेसको आशन्न चौधा‌ैं केन्द्रीय महाधिवेशनमा छलफल भएको काँग्रेस नेता सिंहका स्वकीय सचिव यूपी लामिछानेले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस का प्रभावसाली तीन नेताबीच को छलफलमा संबैधानिक बाध्यतालाई समेत ख्याल गरेर महाधिबेशन सम्पन्न गर्ने र कांग्रेस नेततृत्वमा मा बनेको सरकारले प्रधानमन्त्री ले भन्नुभएजस्तै सबै नागरिकलाई खोप दिलाउन सरकारले ध्यान दिनु पर्ने लगायतका बिषयमा छलफल केन्द्रित भएको छ । छलफल कांग्रेस नेता प्रकाशमान सिह निवास मा भएको थियो ।

तपाईको प्रतिक्रिया