पाकिस्तानमा कोरोना संक्रमण दर ८.४६ पुग्यो

  साउन १६, २०७८

काठमाडौं, साउन १६ : पाकिस्तानमा कोभिड-१९ को सङ्क्रमणमा बृद्धि भएको छ । गएको चौबीस घण्टामा पाकिस्तानमा करिब पाँच हजार कोरोना सङ्क्रमितको पुष्टि भएको छ ।

थपिएका सङ्क्रमितसँगै पाकिस्तानमा कोरोनाभाइरसका कुल सङ्क्रमित दश लाख २९ हजार ८११ पुगेको छ । गएको चौबीस घण्टामा प्रति एक सय नमूना परीक्षण गर्दा ८.४६ को रिपोर्ट पोजेटिभ आएको छ ।

पाकिस्तानको एनसीओसीले ट्वीट गर्दै गएको चौबीस घण्टामा ५८ हजार ४७९ नमूना परीक्षण गर्दा चार हजार ९५० मा पुष्टि भएको र ६५ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । पाकिस्तानमा हाल कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ६० हजार नाघेको छ ।

तपाईको प्रतिक्रिया