काठमाडौं, साउन १४ : अफगानिस्तानमा बाढीको प्रकोपमा परेर कम्तिमा ४० जनाको मृत्यु भएको छ । अmपगानिस्तानको कमदिश जिल्लाको विभिन्न स्थानमा बाढीले ८० घर बगाएपछि कम्तिमा ४० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतीय समाचार संस्था एएनआईका अनुसार १५० जना अझै हराइरहेका छन् । टोलो न्यूजले प्रान्तीय परिषद्का प्रमुख सईदुल्लाह नुरिस्तानीलाई उद्धृत गर्दै ४० जनाको शव फेला परेको र मृतकको संख्या अझै बढ्ने उल्लेख गरेको छ ।
कमदिश जिल्ला अफगानिस्तानको नुरिस्तान प्रान्तमा पर्छ ।अफगानिस्तानको हेरात प्रान्तमा गएको महिना आएको बाढीले कम्तिमा १२ जनाको मृत्यु भएको थियो ।






