काठमाडौं, साउन ११ : चीनमा गएको चौबीस घण्टामा ७६ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । जसमध्ये ४० जना स्थानीय सङ्क्रमित हुन् ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगले ७६ जनामध्ये ३६ जना विदेशबाट आएका बताएको छ । ३६ जनामध्ये १८ जना युन्नान, आठ जना गुआङ्गडङ्ग, पाँच जना फुजिआन, दुई दुई जना भित्री मङ्गोलिया र हेन्नानका तथा एक जना बेइजिङका रहेका बताइएको छ ।
चीन कोभिड १९ मुक्त भइसके पनि विमानस्थल तथा अस्पतालका कर्मचारीमा सङ्क्रमणको पुष्टि हुँदै आएको छ । विमानस्थल तथा अस्पतालका कर्मचारीलाई सबैभन्दा अघि कोभिड १९ विरुद्धको खोप लगाइएको थियो ।






