काठमाडौँ उपत्यकामा अहिलेसम्म तीन हजार २६० सङ्क्रमितकाे मृत्यु

  साउन ०४, २०७८

काठमाडाैं, साउन ४ : काठमाडौँ उपत्यकामा पछिल्लो समय ४७४ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ३३०, ललितपुरमा ५६ तथा भक्तपुरमा ८८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । काठमाडौँमा पाँच हजार ३११, ललितपुरमा ९०७ र भक्तपुरमा ८७७ सकृय सङ्क्रमित रहेका छन् ।

यस्तै, काठमाडौँमा अहिलेसम्म एकहजार ९३३, ललितपुरमा ९५३ र भक्तपुरमा ३७४ जनाकाे मृत्यु भइसकेकाे छ । याेसँगै काठमाडौँ उपत्यकामामा तीन हजार २६० जना सङ्क्रमितकाे मृत्यु भइसकेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया