कांग्रेस नर्वाचन समिति सदस्य खातीको राजीनामा स्वीकृत

  साउन ०२, २०७८

काठमाडौँ, साउन २ : नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समिति सदस्य खम्मबहादुर खातीले पदबाट दिनुभएको राजीनामा स्वीकृत गरिएको छ ।

उहाँ नेपाल सरकारको महान्यायाधिवक्तामा नियुक्त भएपछि निर्वाचन समिति सदस्यबाट दिनुभएको राजीनामा कांग्रेस सभापति शेरबहादुर देउवाले आज स्वीकृत गर्नुभएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

एवं सभापति देउवाले खातीलाई पार्टीको केन्द्रीय निर्वाचन समिति सदस्य पदमा रहेर पु-याउनु भएको योगदानको सराहना गर्दै धन्यवाद दिनुभएको छ ।

तपाईको प्रतिक्रिया