काठमाडौं, असार ३१ : भारतमा कोरोनाभाइरसका ४१ हजार ८०६ जना सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा १९ लाख ४३ हजार ४८८ नमूनाको परीक्षण गरिएको छ । भारतमा हालसम्म ४३ करोड ८० लाख ११ हजार ९५८ नमूना परीक्षण गरिएको छ ।
गएको चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै भारतमा हाल चार लाख ३२ हजार ४१ जना सक्रिय सङ्क्रमित पुगेका छन् । सक्रिय सङ्क्रमित दुई हजारले बढेका छन् । हालसम्म तीन करोड एक लाख ४३ हजार ८५० जना कोरोनामुक्त भएका छन् । भारतमा हालसम्म तीन करोड नौ लाख ८७ हजार ८८० जना सङ्क्रमित भएका छन् ।






