खम्मबहादुर खाती महान्यायाधिवक्तामा नियुक्त

  असार ३१, २०७८

काठमाडौँ, असार ३१ : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाका सिफारिशमा बाजुरा जिल्ला निवासी अधिवक्ता खम्मबहादुर खातीलाई नेपालका महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ ।   

तपाईको प्रतिक्रिया