काठमाडौं, असार २७ : टर्कीमा बस दुर्घटनामा कम्तिमा १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २६ जना घाइते भएका छन् ।
पूर्बी टर्कीमा अबैध आप्रबासी बोकेको मिनी बस दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । पूर्बी टर्कीको भान प्रान्तस्थित इरानसँग जोडिएको मुरदयी जिल्लामा आप्रबासी कामदार चढेको बस अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको हो ।
स्थानीय सरकारले दुर्घटना लगत्तै घाइतेलाई उपचारका लागि नजिकको अस्पताल लगिएको जनाएको छ । बसका मालिकलाई नियन्त्रणमा लिइएको छ । इरान, अफगानिस्तान र पाकिस्तानी नागरिकको यूरोप प्रबेशका लागि टर्की ट्रान्जिट स्थल रहेको छ ।






