काठमाडौं, असार २६ : रुसमा कोरोनाभाइरसको सङ्क्रमणबाट हुने मृत्यु गएको चौबीस घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी दत्र्ता गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार गएको चौबीस घण्टामा रुसमा ७५२ जना सङ्क्रमितको मृत्यु भएको छ । शुक्रबार ७२६ जनाको मृत्यु भएको थियो ।
कोरोना बिरुद्धको संकट केन्द्रका अनुसार चौबीस घण्टामा दत्र्ता गरिएको मृत्युको घटनापछि रुसमा हालसम्म कोरोना सङ्क्रमणले मृत्यु हुनेको संख्या एक लाख ४२ हजार २५३ पुगेको छ । राजधानी मस्कोमा मात्रै चौबीस घण्टामा दुई हजार ४८७ सङ्क्रमित थपिएका छन् । शनिबार देशभरि २५ हजार ८२ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ ।
हालसम्म रुसमा ५८ लाख ५८ हजार ३०० जना कोभिड १९ बाट सङ्क्रमित भएका छन् । गएको चौबीस घण्टामा १७ हजार ७५० जना कोरोनामुक्त भएका छन् । हालसम्म ५१ लाख ८२ हजार ८४७ जना निको भएका छन् ।






