काठमाडौं, असार २६ : पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार १६९ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या छ लाख ५४ हजार २१२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ४१७ जनामा कोरोना परीक्षण गरिएकोमा ती सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा एक हजार ४३२ जना सङ्क्रमित निको भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या छ लाख १६ हजार ३६१ पुगेको छ ।
त्यस्तै कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा नौ हजार ३६२ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।
५४३ कोरोना संक्रमित आईसीयूमा
काठमाडौंसहित मुलुकभर ५४३ जना संक्रमितको आईसीयूमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीमध्ये काठमाडौंमा १ सय ५७ जना आईसीयूमा उपचाररत रहेको मन्त्रालयले शनिबार नियमित मिडिया ब्रिफिङमार्फत जनाएको छ ।
यस्तै, काठमाडौंमा ५७ सहित मुलुकभर १ सय ५५ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । काठमाडौंमा एचडीयू/जेनेरलमा ५ सय ५२ जना संक्रमितले उपचार गराइरहेका छन् । संस्थागत आइसोलेसनमा २ हजार ९ सय ५० र होम आइसोलेसनमा २३ हजार ५ सय ३९ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा ३ सय ३,ललितपुरमा ६० र भक्तपुरमा ५१ जना संक्रमित थपिएका छन् ।






