काठमाडौं, असार २६ : भारतमा गएको २४ घण्टामा कोरोनाका ४२ हजार ७६६ सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाभाइरसका कुल सङ्क्रमित तीन करोड सात लाख ९५ हजार ७१६ पुगेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतमा हाल चार लाख ५५ हजार ३३ जना सक्रिय सङ्क्रमित छन् । गएको २४ घण्टामा तीन हजार ६९४ जना सक्रिय सङ्क्रमित घटेका छन् ।
गएको २४ घण्टामा ४५ हजार २५४ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई करोड ९९ लाख ३३ हजार ५३८ जना निको भएका छन् । सोही अबधिमा एक हजार २०६ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाभाइरसबाट भारतमा चार लाख सात हजार १४५ सङ्क्रमितले ज्यान गुमाएका छन् ।






