अमेरिकाले १५ लाख नेपालीलाई पुग्ने गरी खोप दिने घाेषणा

  असार २६, २०७८

काठमाडौं, असार २५ : अमेरिकाले आउँदा केही दिनमा १५ लाख भन्दा बढी नेपालीलाइ पुग्ने गरी कोभिड १९ को खोप उपलब्ध गराउने भएको छ । नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले आज आफ्नो फेसबुक पेज मार्फत सो कुराको जानकारी गराउनु भएको हो ।

उहाँले सन्देशमा लेख्नु भएको छ, ‘आउँदा केही दिनमा अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्नेगरी कोभीड १९ खोप निशुल्क उपलब्ध गराउंदैछ। नेपाल(अमेरिका साझेदारीको ७३ बर्ष लामो यात्रामा यो मेरो लागि अत्यन्तै खुशीको क्षण हो। अमेरिका सदैव नेपालीहरूको साथमा छ र नेपालीको जीवनस्तर सुधारमा निरन्तर काम गरीरहनेछ ।’

तपाईको प्रतिक्रिया