काठमाडौं, असार २३ : रुसमा २३ हजारभन्दा बढी सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै रुसमा हालसम्म कोरोनाभाइरसबाट सङ्क्रमित हुने ५६ लाख ८२ हजार ६३४ पुगेको छ ।
सङ्घीय प्रतिकार्य केन्द्रले रुसको ८५ क्षेत्रमा हालसम्म ५६ लाख ८२ हजार ६३४ जना सङ्क्रमित भएको उल्लेख गरेको छ । चौबीस घण्टामा थपिएका २३ हजार ९६२ सङ्क्रमितमध्ये दुई हजार ९३८ जनामा लक्षण देखिएको छ ।
चौबीस घण्टामा थपिएका सङ्क्रमितमध्ये पाँच हजार ६२१ जना मस्कोका छन् । सोही अवधिमा ७२५ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म रुसमा कोरोना सङ्क्रमणबाट एक लाख ४० हजार ४१ जनाको मृत्यु भएको छ ।
मङ्गलबार २० हजार ६७ जना कोरोनामुक्त भएका छन् । हालसम्म ५१ लाख २१ हजार ९१९ जना कोरोनामुक्त भएका छन् ।






